विरामीहरुको अधिकार र जिम्मेवारी

विरामीहरुको अधिकार

१. सम्मान, विचार र मर्यादाका साथ व्यवहार गरिने ।
२. जात, रंग, धर्म, अपाङगता, लिङग वा जातिय भेदभाव नगरी हेरचाह पाउने ।
३. आफ्नो वा आफ्नो चिकित्सा अवस्थाको बारेमा गोपनीयता राख्न पाउने र स्वास्थ्यकर्मी÷चिकित्सकले विरामीको हेरचाह र उपचारको बारेमा जान्न आवश्यक व्यक्तिहरुसँग मात्र स्वास्थय सम्बन्धी छलफल गरिने ।
४. उपचार प्रभावकारी हुने सम्भावनाहरु, सम्भावित जोखिमहरु, साइद इफेक्टहरु र उपचारका वैकल्पिक विधिहरुको बारेमा जानकारी पाउने ।
५. आफ्नो उपचार गराउने जिम्मेवारी कसले लिन्छ भन्ने जानकारी पाउने ।
६. आफ्नो उपचारको बारे निर्णय लिनु अघि दोस्रो चिकित्सकको सल्लाह लिन पाउने ।
७. यदि विरामी आफ्नो उपचार गर्न नचाहेमा त्यसको नतिजाको बारे जानकारी पाउने ।
८. स्वास्थ्य श्क्षिा, स्वंयम हेरचाह र रोग रोकथाम सम्बन्धी जानकारी पाउने ।
९. अस्पतालमा उपलब्ध सेवाहरु सम्बन्धी जानकारी जस्तै: सेवाहरुको शुल्क, भुक्तानी नितिहरु र विरामीको आचरण र जिम्मेवारीहरु ।
१०. विरामीको हेरचाहलाई असर नगरी अनुसन्धान, अध्ययनको हिस्सा बन्न स्वीकार तथा अस्वीकार गर्न पाउने ।

 

विरामीहरुको जिम्मेवारी

१. विरामीले आफ्नो स्वास्थ्य सम्बन्धी सही र पूर्ण जानकारी स्वास्थ्यकर्मीलाई प्रदान गर्नुहोस ।
२. आफ्नो स्वास्थ्यमा केहि परिवर्तन जस्तै सामान्य स्वास्थ्य अवस्था कुनै लक्षण वा एलर्जीहरु देखा परेमा तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोस ।
३. स्वास्थ्य सम्बन्धी कुनै कुरा नबुझेमा आफ्नो डक्टरलाई सोध्नुहोस ।
४. तपाईको हेरचाह प्रदायकले दिएको निर्देशनहरु पालना गर्नुहोस र यदि तपाईले निर्देशनहरु पालना गर्नु भएन भने परिणामहरुको लागि आफै जिम्मेवार बन्नुहोस ।
५. हेरचाह प्रदायक कर्मचारी र अन्य विरामीहरुलाई सम्मान गर्नुहोस ।
६. वार्ड तथा ओ.पि.डी मा ध्वनी तथा भीड नियन्त्रणका लागि आगन्तुकहरुको संख्या कम गर्न सहयोग गर्नुहोस ।
७. आफ्नो बहुमूल्य चीजहरु घरमा छोडनुहोस् ।
८. अस्पतालका कर्मचारी र अन्य विरामीहरुको सबै जानकारी गोप्य राख्नुहोस् ।
९. अस्पताल प्रशासनको अनुमति बिना कर्मचारी र सेवाहरुको तस्वीर वा भिडियो रेकर्डिङ्ग नगर्नुहोस् ।
१०. अस्पतालको नियमहरु पालना गर्नुहोस् ।